शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

भिनिसियस जुनियरलाई पछि पार्दै रोड्रीले जिते ‘बालोन डि ओर’ अवार्ड, यमल उत्कृष्ट युवा खेलाडी

मंगलबार, कार्तिक १३ २०८१

काठमाडौं । रियल मड्रिडबाट खेल्ने ब्राजिलका भिनिसियस जुनियरलाई पछि पार्दै म्यानचेस्टर सिटीबाट खेल्ने स्पेनिस मिडफिल्डर रोड्रीले यस बर्षको ‘बालोन डि ओर’ को उपाधि जितेका छन्।

फ्रान्स फुटबल फेडेरेसनले हरेक बर्ष प्रदान गर्ने बालोन डो अर अवार्ड युरो कप विजेता स्पेनका रोड्रीले जितेका हुन्।

रोड्रीले स्पेनलाई युरोकप जिताएका थिए भने म्यानचेस्टर सिटीलाई प्रिमियर लिग, फिफा क्लब विश्वकप र युइएफए सुपर कप जिताएका थिए।

बालोन डि ओर जित्ने रोड्री पहिलो मिडफिल्डर हुन्। २००८ देखि अहिलेसम्म क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी बाहेक बालोन डो अर जित्ने उनी तेश्रो खेलाडि हुन्। यस बिचमा मोड्रीचले २०१८ र करिम बेन्जमाले २०२२ मा बालोन डो अर जितेका थिए।

यस्तै बार्सिलोनाबाट खेल्ने स्पेनिस युवा खेलाडी लामिन यमलले यस बर्षको उत्कृष्ट युवा खेलाडी ‘कोपा ट्रफी’ जितेका छन् ।