बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

रविलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो

आइतबार, कार्तिक ११ २०८१

पोखरा । रवि लामिछानेलाई थप बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको छ ।

रास्वपा सभापति लामिछानेलाई सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ ।

उनीमाथि प्रहरीले सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण र सहकारी ठगी आरोपमा अनुसन्धान गरिरहेको छ ।

यसअघि पनि उनी माथि जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा बयान लिइएको थियो ।
पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अघिल्लो शुक्रबार काठमाडौँबाट पक्राउ गरेर कास्की लगेर बुझाएको थियो।

उनलाई अदालतमा उपस्थित गराएर दुई पटक म्याद थप गरिएको छ । कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेको अनुसन्धान म्याद १४ गतेसम्म छ । १५ गतेदेखि तिहार बिदा हुने र अदालत बन्द हुने भएकोले उनलाई २० गते मात्रै अदालतमा पेस गरिनेछ ।