काठमाडौं । मानव जीनवमा यौन चाहना स्वाभाविक कुरा भएकाले यसलाई दबाउनु उचित होइन ।
यौन सम्बन्ध अर्थातु मानिसका प्रजनन् र यौन स्वास्थ्यसम्बन्धी सम्पूर्ण विषय प्रजनन् स्वास्थ्य हो ।
मानिसका प्रजनन प्रणाली र प्रजनन् अंगहरुको विकास सही रुपमा हुन सके प्रजनन् स्वास्थ्य राम्रो हुन्छ । यौनमा आउने सकारात्मक सोच पनि प्रजनन् स्वास्थ्य हो । सुरक्षित रुपमा आनन्दमय यौन जीवनयापन गर्न सक्षम हुनु, सन्तान जन्माउने क्षमता, सन्तान कहिले, कसरी, कति जन्माउने भन्ने निणर्य गर्ने स्वतन्त्रताको सवाल प्रजनन् स्वास्थ्य भित्रका महत्वपूर्ण विषय हुन् ।
यौन मानवसहित जिवित प्राणीको अभिन्न अङ्ग हो। त्यसैले यौनेच्छा हुनु, यौनका कुरा सुन्दा उत्तेजित हुनु एकदम स्वाभाविक हो।
मानव जीवनका लागि भोक, प्यास र निद्रा जस्तै प्रकृतिले दिएको यौन पनि आवश्यक कुरा हो । सामान्यतया, यौनसम्पर्क राख्ने वा यौन तनाव शान्त पार्ने ईच्छालाई नै यौनेच्छा भन्न सकिन्छ।
यो प्राकृतिक शक्ति वा व्यग्रताले निश्चित कार्यका लागि अभिप्रेरित गर्दछ । यसलाई हाम्रो मस्तिष्कले सञ्चालन गर्छ। मोटामोटीरूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणाली सक्रिय देखिन्छन्। एक त endocrine system (इन्डोक्राइन सिस्टम) अन्तर्गतका रागरस वा हर्मोनहरूले त्यसको सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्दि्रय प्रणालीका अनि मस्तिष्कले। वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने यौन उत्तेजनालाई स्नायु प्रणाली तथा यौनअङ्ग संलग्न एउटा जटिल प्रक्रियाको क्रियाशीलता हो भनेर परिभाषित गर्न सकिन्छ।
यौनेच्छा शान्त पार्ने उपायहरूमध्ये सबैजसोका लागि यौन अङ्गको घर्षण नै प्रमुख हो। यौनसम्पर्क गर्दा यौन अङ्गहरू एक-आपसमा घर्षण गराइन्छ भने हस्तमैथुन गर्दा हातले वा अन्य तरिकाबाट आफ्नो यौन अङ्गको घर्षण गराएर वा दबाब दिएर पनि यौन आनन्द तथा यौन चरमसुख प्राप्त गरिन्छ।
यौन क्रियाकलापको माध्यमबाट खुशी, सन्तुष्टि प्राप्त गर्नुछ भने यौन पूर्व गरिने क्रियाकलापमा ध्यान दिनु आवश्यक छ । यौनसम्पर्क राख्नु अगाडि शारीरिक र मानसिक रुपमा आफू र आफ्नो पार्टनरलाई तयार गर्ने तरिकालाई फोरप्ले भनिन्छ ।
मानिसहरु उमेर बढेसँगै उनीहरूको यौन क्रियाकलाप बन्द हुने वा यौन कार्यसँग टाढा हुँदैनन्, यद्यपि शारीरिक परिवर्तनको परिणाम स्वरुप आफ्नो यौन गतिविधि परिमार्जन गर्न सक्छन् ।
यौन जीवनको सन्दर्भमा उमेरको वृद्धिसँगै शारीरिक सक्रियता घट्न सक्छ, तर यौन चाहनामा आउने आरोह-अवरोह पनि सामान्य हो ।
शरीर कमजोर भए पनि मनले यौनप्रति आकर्षित गरिरहने हुनाले वृद्ध-वृद्धामा प्रत्यक्ष वा अप्रत्यक्ष यौन आकर्षण भइरहेको हुन्छ, त्यसैले उनीहरू विपरीत लिङ्गीप्रति नजिक हुने, स्पर्श गर्ने र उनीहरूको सामीप्यमा रमाउने गर्छन् । कति वृद्धवृद्धामा यौन अतृप्तता रहिरहेकै कारण र त्यसप्रतिको थप आकर्षणले उनीहरू यौवनकै सरह यौनक्रीडामा सरिक हुन चाहन्छन् ।
-पत्रपत्रिकाको सहयोगमा