काठमाडौँ । सत्तापक्षमा रहेका दलहरुको बैठक सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा वर्तमान राजनीतिक घटनाक्रम, सरकारका काम प्रभावकारी बनाउने लगायतका विषयमा छलफल हुने बताइएको छ ।
सत्ता समीकरणमा कांग्रेस, एमालेसहित, जसपा, जसपा नेपाल, लोसपा, नाउपालगायतका दलहरु रहेका छन् ।