सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

खबरदारी सभाको पूर्वसन्ध्यामा अखिल (क्रान्तिकारी)को ‘टर्च मार्च’

शुक्रबार, कार्तिक ९ २०८१

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल ‘क्रान्तिकारी’ले आज ‘टर्च मार्च’ गर्ने भएको छ ।

काठमाडौँ क्याम्पस जिल्ला समिति, प्राविधिक शिक्षा जिल्ला समिति र ललितपुर जिल्ला समितिको संयुक्त आयोजनामा साँझ मार्च गर्न लागेको हो । क्रान्तिकारीले साँझ ६ बजे बागबजार अगाडिबाट उक्त प्रदर्शन शुरु हुने जनाएको छ ।

माओवादीले भोलि काठमाडौँमा सरकारविरुद्ध बृहत खबरदारी सभा गर्दैछ । त्यसको पूर्वसन्ध्यामा क्रान्तिकारीले टर्च मार्च गर्न लागेको हो ।