शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

 क्यापिटलको लगानी तथा वित्तीय जनचेतना कार्यक्रम

शुक्रबार, कार्तिक ९ २०८१

काठमाडौं । माछापुच्छे क्यापिटल लिमिटेडले लगानी तथा वित्तीय जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । लगानीकर्तालाई शिक्षा तथा सचेतना प्रदान गर्ने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाइने “विश्व लगानीकर्ता सप्ताह” नेपालमा नेपाल धितोपत्र बोर्डको संयोजकत्वमा यस वर्ष अक्टोबर २२ देखि २८, २०२४ (६ देखि १२ कार्तिक, २०८१) मा देशव्यापी रुपमा विविध चेतनामुलक कार्यक्रमहरु गरेर मनाइराखिएको छ । यस कार्यक्रम विश्वभरिका पुँजी बजारका नियामक निकायहरुको अन्तराष्ट्रिय संस्थाको आह्वानमा सन् २०१७ देखि हरेक वर्ष मनाउने गरिन्छ।

यसै अवसरमा माछापुच्छे क्यापिटल लिमिटेडले यही कार्तिक ९ गते, शुक्रबार, आजका युवा विद्यार्थीहरुमा लगानी सम्बन्धी सचेतना प्रदान गर्ने तथा उनीहरुलाई सानो उमेर देखि नै लगानीको महत्व बुझाउनको लागि रामग्राम ५, परासी, नवलपरासी स्थित “श्री आदर्श माध्यमिक विद्यालय” मा कक्षा १० र ११ मा अध्यनरत विद्यार्थीहरुका साथै विद्यालय व्यवस्थापन समिति, शिक्षक वर्ग, अभिभावक समिति लगायत ९५ जनालाई लगानी तथा वित्तीय जनचेतना सम्बन्धी प्रारम्भिक शिक्षा तथा सचेतना प्रदान गरेको हो । कार्यक्रमको यस वर्षको मुख्य अवधारणा आधारभुत लगानी, प्रविधि र डिजिटल फाईनान्स, वित्तीय अवराध र रोकथाममा केन्द्रित रहेको कार्यक्रम फलदायी रहेको विद्यालयका प्रधानअध्यापक तथा अन्य सहभागीहरुले जानकारी गराए।

माछापुच्छे क्यापिटल लिमिटेड पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी हो । माछापुच्छे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको कोष व्यवस्थापक तथा डिपोजिटरीको इजाजत प्राप्त गरि सेवा प्रदान गरिरहेको छ ।