शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

बक्यौता महसुल भुक्तानी नगर्ने उद्योगको लाइन फेरि काटियो

शुक्रबार, कार्तिक ९ २०८१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको विद्युत लाइन काट्न थालेको छ ।

लोडसेडिङका वेला ०७२ माघदेखि ०७५ वैशाखसम्म २४सै घण्टा विद्युत् उपभोग गरेर पनि वर्षौँसम्म अर्बौँ बक्यौता नबुझाएका उद्योगहरूले थप पाएको तीनमहिने अवधिमा पनि तिर्न अटेरी गरेपछि विद्युत् प्राधिकरणले लाइन काटिदिएको हो ।

प्राधिकरणले बिहीवार साँझ अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, र बाबा जुट मिलको लाइन काटिएको छ । साथै जगदम्बा स्टिल, हुलास स्टिल , अशोक स्टिल र हामा आइरनको पनि विद्युत लाइनसमेत काटिएको छ ।

यसअघि कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीवार साँझ उर्जा मन्त्री दिपक खड्कासँग भेट गर्दै विद्युत लाइन नकाट्ने हो भने मन्त्रीपरिषद्ले निर्णय गरिदिन आग्रह गरेका थिए ।

यसअघि गत असोज २४ मा सूचना प्रकाशित गर्दै प्राधिकरणले बक्यौता महसुल भुक्तानी गर्न भन्दै ८ कात्तिकसम्मको म्याद दिएको थियो ।

मन्त्री खड्काले कुलमानलाई स्पष्टीकरण सोधेपछि उनले यो कदम चालेका थिए । विद्युत महसुलमा कुलमान र सरकारको धारणा बाझिएपछि यो विषय झन् पेचिलो बन्दै गएको छ ।