सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

पूर्वडीआईजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

बिहिबार, कार्तिक ८ २०८१

काठमाडौं । कास्की जिल्ला अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

जोशी गत असोज ६ गते पक्राउ परेका थिए । पक्राउ परेसँगै उनको म्याद थप हुँदै आएको छ ।

बिहीबार नै अदालतले रास्वपाका सभापति रवि लामिछाने र सहकारी ठगीमै पक्राउ परेकी लीला पछाइको पनि ७ दिन नै म्याद थपको आदेश गरेको छ ।