शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेपाल पुर्नबीमा कम्पनीका अध्यक्ष ढुंगानाद्धारा सपथ ग्रहण

बिहिबार, कार्तिक ८ २०८१

काठमाडाौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संचालक समितिका नवनियुक्त अध्यक्ष देवराज ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बिहिबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ गराएका हुन।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा लगायत पदाधिकारीहरू उपस्थित रहेका थिए।