काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन झण्डै २६ अंकले बढेको नेप्से आज बुधबार २० दशमलव ४१ अंकले घटेर २६ सय ४५ दशमलव ३९ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ४५ अंकले ओरालो लागेर चार सय ७७ दशमलव २६ अंकमा पुगेको छ । तीन सय २४ वटा कम्पनीहरुको ६५ हजार ९१ पटकको कारोबारमा एक करोड ५७ लाख ४२ हजार पाँच सय १४ कित्ता शेयर किनबेच हुाद्या आज कारोबार रकम छ अर्ब २७ करोड ८९ लाख ५१ हजार आठ सय ५३ रुपैंयाँ कायम भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा दुई वटा समुहको सुचक हरियो भएको छ भने ११ वटाको रातो । जसमध्ये आज फाईनान्स समुहको सुचक ७६ दशमलव २३ अंकले बढेको छ भने व्यापार समुहको सुचक पनि नौं दशमलव १८ अंकले बढेको छ । बाँणिज्य बैंक समुहको सुचक भने २६ दशमलव ६२ अंंकले घट्दा बिकास बैंक समुहको सुचक पनि ३४ दशमलव ५२ अंकले घटेको छ। जलविधुत समुहको सुचक पनि १७ दशमलव १३ अंकले घट्दा जीवन बीमा समुहको सुचक पनि ९२ दशमलव ३० अंकले घटेको छ । यि बाहेक निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि उच्च अंकले घटेका छन्।
नेप्सेमा आज आईसीएफसी फाईनान्सले सबैभन्दा बढी कमाउँदा मानुषी लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । यसैगरी आज आईसीएफसी फाईनान्सको नैं सबैभन्दा बढी रकम कारोबार भएको छ।