शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

फेरि बस्ने गरी सकियाे सत्तारुढ दलको बालुवाटार बैठक

बुधबार, कार्तिक ७ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको समीक्षा गर्नको लागि सत्तारुढ दलको बैठक फेरि बस्ने गरी सकिएको छ ।

आज बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले शुक्रवार फेरि बैठक बस्ने तय गरेको एमालेका महासचिव शंकर पोखरेलले बताए।

उनले भने, अहिलेसम्म सरकारले गरेका कामहरू र आगामी दिनमा सरकार रहेका दलहरू सामूहिक रूपमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न पर्सी ३ बजे गठबन्धनको बैठक बसेर आफ्नो पृष्ठभूमि बाहिर ल्याउने सहमति गरेका छौँ।

उनका अनुसार आज प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्ने छन् ।

यस्तै सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आग्रह गरेको छ ।

बैठकले संसदीय छानबिन समितिमा भएका दलहरुले रवि लामिछाने पक्राउको विरोध गर्नु नैतिक नहुने निष्कर्ष निकालेको हो ।

समितिले कारबाही सिफारिस गरेकामध्ये एक रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेको छ । तर रास्वपाले भने राजनीतिक प्रतिशोध राखेको भन्दै निरन्तर प्रदर्शन गर्दै आएको छ । सत्तारुढ दलहरुले भने सडकमा भीड जम्मा गरेर छानबिन तथा न्याय निरुपणको प्रक्रिया अवरुद्ध नगर्न आग्रह गरेको छ ।