बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

सरकारको सय दिन : सत्तारुढ दलको बैठक बालुवाटारमा

बुधबार, कार्तिक ७ २०८१

काठमाडौँ । सत्तारुढ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गरेको कामको विवरण सार्वजनिक गर्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सय दिनको उपलब्धि सार्वजनिक गर्नुअघि सत्ता गठबन्धन दलसँग छलफल गर्न लागिएको बुझिएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारको काम कारबाहीबारे पनि छलफल हुनेछ ।