शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा हरियाली

२५ अंकले बढ्दा चार अर्बको कारोबार

मंगलबार, कार्तिक ६ २०८१

काठमाडौं । नेप्सेमा हरियाली देखिएको छ । अघिल्लो दिन झण्डै ५८ अंकले घेको नेप्से आज मंगलबार २५ दशमलव ८८ अंकले बढेर २६ सय ६५ दशमलव ८१ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४७ अंकले बढेर चार सय ८० दशमलव ७१ अंकमा पुगेको छ । तीन सय १४ वटा कम्पनीहरुको ५३ हजार छ सय ७८ पटकको कारोबारमा एक करोड नौं लाख ६२ हजार दुई सय ८१ कित्ता शेयर खरिद किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम चार अर्ब १७ करोड १६ लाख ६५ हजार छ सय १९ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १० दशमलव ७० बढेको छ भने भने जलबिद्युत समुहको सुचक ४५ दशमलव १७ अंकले बढेर बढेको छ। जीवन बीमा समुहको सुचक पनि ६३ दशमलव २८ अंकले बढ्दा निर्जीवन बीमा समुहको सुचक पनि ७८ दशमलव १९ अंकले बढेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेर नेप्से आज पुरै हरियो देखिएको छ।

नेप्सेमा आज रावा इर्नर्जी डेभलपमेन्ट लिमिटेडले सबैभन्दा बढी कमाएको छ भने वीन लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाएको छ। गुडविल फाईनान्स लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।