काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआइएमबी) का ग्राहकहरूले ’हार्ड रक क्याफे’ मा विषेश छुट पाउने भएका छन् । एनआइएमबी र ‘हार्ड रक क्याफे’ काठमाडौंबीच भएको सम्झौता अनुसार एनआइएमबीका ग्राहकहरुले फुड एण्ड बेवरेज (नन अल्कोहोलिक) मा १० प्रतिशत विषेश छुट पाउने भएका हुन्।
बैंकका अनुसार छुट लिनका लागि ग्राहकले एनआइएमबी डेबिट÷क्रेडिट कार्ड वा एनआइएमबी स्मार्ट एप (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । ग्राहकहरूलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरू बैंकले दिँदै आएको छ।