बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

प्रधानन्यायाधीश राउतकाे पहिलो विदेश यात्रा मलेसिया

शुक्रबार, असोज २५ २०८१

काठमाडौं – नव नियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आफ्नो पहिलो विदेश भ्रमण मलेसिया गर्ने भएका छन् । राउतले असोज २० गते प्रधानन्यायाधीशको कार्यभार सम्हालेका हुन् । प्रधानन्यायाधीश राउत बिहीबार (असोज २४ गते) राति मलेसियाको राजधानी क्वालालम्पुर प्रस्थान गर्ने भएका छन् । उनी असोज २८ गते स्वदेश फर्कने छन् ।

एसिया प्रशान्त क्षेत्रका प्रधानन्यायाधीशहरूको सम्मेलनमा भाग लिन उनी मलेसिया जान लागेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । प्रधानन्यायाधीश राउत नेतृत्वको प्रतिनिधिमण्डलमा मुख्य रजिस्ट्रार देवेन्द्र ढकाल र रजिस्ट्रार विमल पौडेल हुनेछन् ।

मलेसियाको सर्वोच्च अदालतले आयोजना गर्न लागेको सम्मेलनमा न्यायालयमा सूचना प्रविधिको प्रयोग लगायत समग्र सुधारका विषयमा छलफल तथा अनुभव आदानप्रदान हुने रजिस्ट्रार पौडेलले जानकारी दिएका छन् ।