बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

दशैं सत्यको विजय, असुरी चरित्रको पराजय, दुराचारमाथि सदाचारको जित : मुख्यमन्त्री कार्की

बिहिबार, असोज २४ २०८१

विराटनगर । नेपालीहरूको महान् चाड दशैंकोअवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुभकामना व्यक्त गरेका छन् ।

विहीबार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले  ‘हाम्रो संस्कृति, हाम्रो गौरव’ भन्दै उनले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

आज दशैंको सातौं दिन, फुलपाती । घर घरमा विशेष पूजा गरेर फुलपाती भित्र्याउने चलन छ । उनले भनेका छन् ‘नेपाल एकीकरण पश्चात् नै गोर्खाबाट उठाइएको फूलपाती देशका विभिन्न ठाउँमा रहेका महत्त्वपूर्ण शक्ति पीठहरूमा पुऱ्याउने चलन थियो । यो पर्व सत्यको विजय, असुरी चरित्रको पराजय, दुराचारमाथि सदाचारको जित, आपसी सद्भाव, भ्रातृत्व र पुनर्मिलनको प्रतीक पनि हो । त्यसैले यस पर्वले विकृति र विसंगतिको अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न हामी सबैलाई प्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु ।’ उनले सन्देशमा उल्लेख गरेका छन् ।

जारी सन्देशमा उनले लेखेका छन् ‘यस वर्षको दशैंले हामी सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक उर्जा प्रवाह गर्न माता दुर्गा भवानीले आर्शिवाद प्रदान गरुन् भन्ने शुभकामना व्यक्त गर्दछु ।’