शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्से राताम्मै, २७ अंकले घट्दा चार अर्ब ५९ करोडको कारोबार

मंगलबार, असोज २२ २०८१

काठमाडौं । नेप्से घटेर राताम्मै भएको छ । अघिल्लो दिन ३७ दशमलव १३ अंकले बढेको नेप्से आज मंगलबार २७ दशमलव ३९ अंकले घटेर २६ सय ६३ दशमलव ३२ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स तीन दशमलव ५५ अंकले घटेर चार सय ८० दशमलव २३ अंकमा पुगेको छ । तीन सय वटा कम्पनीहरुको ४५ हजार आठ सय ७० पटकको कारोबारमा एक करोड तीन लाख ३० हजार पाँच सय दुई कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम चार अर्ब ५९ करोड ३७ लाख २७ हजार दुई सय ४४ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सामुहिक लगानी कोष समुहको सुचक स्थिर देखिएको छ भने बाँकी समुहहरुको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दशमलव ७१ अंकले घटेर १५ सय ४५ दशमलव २७ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ३२ दशमलव ४० अंकले घटेर ३२ सय चार दशमलव शुन्य दुई अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ४१ दशमलव ७९ अंकले घटेर १३ हजार ३७ दशमलव ७४ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ९० दशमलव ६६ अंकले घटेर १२ हजार नौं सय ३९ दशमलव शुन्य एक अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि घटेर रातै भएका छन्।

नेप्सेमा आज मिड सोलु हाईड्रोपावर कम्पनीले बढी कमाएको छ भने इष्र्टन हाईड्रोपावर लिमिटेडले बढी गुमाएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।