बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

नेपाल एयर लाइन्सले काठमाडौँ भैरहवा उडान भर्ने

सोमबार, असोज २१ २०८१

काठमाडौं– नेपाल एयर लाइन्सले फूलपातीको दिन काठमाडौं-भैरहवा-काठमाडौं उडान गर्ने भएको छ ।

अहिले चाडपर्व र सडक अवरुद्ध बनेको समयमा हवाई क्षेत्रमा यात्रुको छाप बढेपछि नेपाल एयर लाइन्सले काठमाडौं भैरहवा उडान गर्ने भएको हो ।

नेपाल एयरलाइन्सका अनुसार फूलपातीको दिन बिहान ११ बजे काठमाडौंदेखि भैरहवा उडान हुने छ । भैरहवाबाट १२: ३० बजे काठमाडौंका लागि उड्ने भएको छ ।