शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

भुवन के पोखरेलको अभिनयमा आधारित ‘दसैंको बेला’ सार्वजनिक (भिडियोसहित)

सोमबार, असोज २१ २०८१

काठमाडौं । गीत सङ्गीतको दुनियाँमा जम्दै गरेका भुवन के पोखरेलको अभिनयमा आधारित ‘दसैं को बेला’ बोलको लोक गीत सार्वजनिक भएको छ । मनोहर भण्डारी, सम्झना गुरुङ र शिर्जन पुनको स्वरमा रहेको गीतको लय तथा शब्द मनोहर भण्डारीको रहेको छ भने एरेन्ज जय देवकोटाले गरेका छन् । उक्त गीतको म्युजिक भिडियो मनोहर भण्डारी अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको छ।

गीतमा चर्चित मोडल तथा कलाकार भुवन के पोखरेल र लोकप्रिय मोडल नेहारिका थापाको दमदार अभिनय देख्न सकिन्छ ।

माया प्रेम ले भरिएको यस गीत मा दसैं को बेला घर फर्किएका परदेशीहरुको कथालाई रमाइलो माध्यमद्वारा देखाइएको छ। साथै नाचौ नाचौ लाग्ने यस गीतले दसैंको बेला दर्शकको मन जित्नेमा ढुक्क रहेको मोडल भुवन के पोखरेलको भनाइ रहेको छ । भुवनले अहिलेसम्म तीन दर्जन भन्दा बढी म्युजिक भिडियो तथा बिभिन्न लोकप्रिय टेलिसिरियलहरुमा काम गर्दै आइरहेका छन।

भिडियो लिंक: