बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता

आइतबार, असोज २० २०८१

काठमाडौँ – आगामी मङ्सिर १६ गते आइतवार हुने स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित २५ दल दर्ता भएका छन् ।

संविधान बमोजिम ती दल मंसिर १६ गते आइतवार हुने उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका हुन् । रास्वपा पहिलो पटक स्थानीय निर्वाचनमा सहभागी हुन लागेको हो ।

निर्वाचन आयोगले यसअघि असोज १० देखि १६ गतेसम्मसमय दिएर दल दर्ताका लागि आह्वान गरेकामा २६ राजनीतिक दलले निवेदन दिएका थिए । जसअनुसार कानूनी रीत पूरा भएका २५ राजनीतिक दलहरुलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम (४) बमोजिम आयोगको आइतबारको निर्णयअनुसार दर्ता गरिएको प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए ।