शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

५६ अंकले बढ्यो नेप्से

सबै सुचक हरियो, छ अर्ब १३ करोडको शेयर किनबेच

आइतबार, असोज २० २०८१

काठमाडौं । नेप्से बढेको छ । आज आईतबार नेप्से ५६ दशमलव शुन्य नौ अंकले बढेर २६ सय ५३ दशमलव ५८ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव ७५ अंकले बढेर चार सय ७६ दशमलव ४६ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय आठ वटा कम्पनीहरुको ६९ हजार आठ सय ६० पटकको कारोबारमा एक करोड ५० लाख ४६ हजार सात सय १० कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम छ अर्ब १३ करोड ८२ लाख छ हजार सात सय पाँच रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहहरुको सुचक बढेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ३२ दशमलव ८३ अंकले बढेर १५ सय २१ दशमलव ९४ अंकमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि ८५ दशमलव ३६ अंकले बढेर तीन हजार दुई सय दुई दशमलव ७९ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ७२ दशमलव ७५ अंकले बढेर १३ हजार ३४ दशमलव ६७ अंकमा चढेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय ९१ दशमलव ७६ अंकले बढेर १३ हजार १५ दशमलव शुन्य पाँच अंकमा चढेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त, उत्पानदनमुलक, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक बढेर हरियो भएको छ।

नेप्सेमा आज ङादी ग्रुप पावर लिमिटेडले सबै भन्दा बढी कमाएको छ भने वीन लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । साहस ऊर्जा लिमिटेडको भने सबै भन्दा बढी रकम कारोबार भएको छ।