बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, वैकल्पिक सडकबाट काठमाडौं गएका सवारीसाधन बाटैमा अलपत्र

शुक्रबार, असोज १८ २०८१

खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको हलेसी–जयराम सडक फेरि अवरुद्ध भएको छ । १७ गते राति परेको अविरल वर्षाका कारण पहिरो खसेपछि यात्रुहरु बाटैमा अलपत्र परेका हुन् ।

इलाका प्रहरी कार्यालय हलेसीका अनुसार हलेसी–तुवाचुङ नगरपालिका –१ बाहुनीडाँडाको कदुवा र लाँकुरीभञ्ज्याङ, हलेसी तुवाचुङ नगरपालिका –३ च्यास्मीटारको बाङमा र हलेसी तुवाचुङ नगरपालिका –४ बडहरेको खोक्सेली लगायतका ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

दसैंका लागि खोटाङ भित्रिंदै गरेका यात्रु पहिरोले सडक अवरुद्ध भएपछि कदुवामा रातिदेखि अलपत्र परेका छन् । खोटाङबाट तराई र वैकल्पिक सडकबाट काठमाडौंका लागि गएका सवारी साधन पनि बाटैमा अलपत्र छन् ।