काठमाडौं । अघिल्लो हप्ता तीन दिन परेको अविरल वर्षासँगैको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या दुई सय ३९ पुगेको छ । १९ जना अझै बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ ।
बाढीपहिरोमा परेर एक सय ७७ जना घाइते भएको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।
उनका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार गरिएको छ ।