बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

राष्ट्रपति पौडेलले एक महिनाको तलव उद्धार कोषमा प्रदान गर्ने

बुधबार, असोज १६ २०८१

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले हालै गएको बाढीपहिरो प्रभावितलाई राहतस्वरुप आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने भएका छन् ।

त्यसै गरी राष्ट्रपतिका विज्ञ सल्लाहकारहरूले पनि एक साताको तलव सुविधा सो कोषमा प्रदान गर्ने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।