शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

२६ अंकले घट्यो नेप्से

फाईनान्स बाहेक सबै समुहको सुचक रातै

बुधबार, असोज १६ २०८१

काठमाडौं । नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिन एक सय १४ अंकले बढेको नेप्से आज बुधबार २६ दशमलव शुन्य सात अंकले घटेर २५ सय ९७ दशमलव ४९ अंकमा पुगेको छ भने सेन्सिटिभ चार दशमलव १० अंकले घटेर चार सय ६६ दशमलव ७१ अंकमा पुगेको छ । तीन सय १० वटा कम्पनीहरुको ८३ हजार ८१ पटकको कारोबारमा एक करोड ५१ लाख ९९ हजार सात सय ६३ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम छ अर्ब ७७ करोड ८१ लाख ९५ हजार आठ सय ८१ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये फाईनान्स समुहको सुचक ५४ दशमलव ४६ अंकले बढेपनि बाँकी समुहहरुको सुचक भने उच्च अंकले घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १० दशमलव ७३ अंकले घटेर १४ सय ८९ दशमलव ११ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि ५५ दशमलव २२ अंकले घटेर ३१ सय १७ दशमलव २२ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ५२ दशमलव ६५ अंकले घटेर १२ हजार आठ सय ६१ दशमलव ९२ अंकमा पुग्दा निर्जीवन बीमा, बिकास बैंक, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन्।

नेप्सेमा आज थ्रि स्टार हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी कमाउँदा वीन लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । नेपाल फाईनान्सको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।