बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

रोशी खोलाले बस्ति बनायो खण्डहर

बुधबार, असोज १६ २०८१

काठमाडौं । पनौती नगरपालिकाको वडा नं. १२ स्थित रोशी खोलाको किनारमा रहेको भूमेडाँडा बस्ति अहिले खण्डहर बनेको छ ।

त्यहाँका अधिकाम्सा घरहरु बगर मा परिणत भएका छन् ।   बाँकी घरहरु पनि बस्न नमिल्ने अवस्थामा छन्। बाढीले किसानले खेतबारीमा लगाएका अन्नबाली त्यस खोला छेउमा रहेका घर स्कुल टिपर डोजरसम्म बगाएर लागेको छ अधिकाम्स स्थानीय हरुको उस्तै आवाज हामी जोगियौं, तर सबै गुमायौं अब कसरी उठने हो थाहा छैन ।

विपद् गएको आज ६ दिन बितिसक्दा सम्मत राज्य को संयन्त्र नपुगेको स्थानिय हरुको गुनासो छ ।

गत बिहीबारदेखिको परेको अविरल वर्षाका कारण शनिवार रोशी खोलामा आएको भीषण बाढीले पुरै गाउँनै बगाएको छ ।

रोशी खोलामा आएको बढीले त्यो क्षेत्रदेखि पनौती बजार सम्म असर गरेको छ । पनौती नगरपालिकाका अनुसार हालसम्म पनौती नगरपालिका क्षेत्र भित्र २० जना व्यक्तिहरू निधन भएको छ । १००० भन्दा बढी घर पहिरोमा परी क्षतिग्रस्त भएको छन भने कति सम्पति क्षति भयो भन्ने आँकडा सम्म गर्न नसकिएको नगरपालिकाले उल्लेख गरेको छ।