बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

प्रहरीमा रविको कोर टिम फेरि चल्मलायो

बुधबार, असोज १६ २०८१

काठमाडौं सहकारी ठगी प्रकरणमा प्रहरीले गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशी बञ्जाडेलाई असोज ६ गते अपराह्न काठमाडौंबाट पक्राउ गरेलगत्तै रास्वपाले उपत्यकाभित्र रहेका नेता तथा कार्यकर्तालाई केन्द्रीय कार्यालयमा उपस्थित हुन सर्कुलर जारी गर्‍यो । रास्वपाको आकस्मिक बैठक पनि बस्यो । यसको मतलब अब रवि पनि निश्चित रूपमा पक्राउ पर्ने रास्वपाको निचोड थियो । किनभने दुबै जना गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक हुन् ।

तीमध्ये सबैभन्दा व्यग्र पात्र हुन् अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसी र मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा (बढुवा) हेर्ने नायब उपरिक्षक (डिएसपी) जयश्वर रिमाल । निर्मला पन्त प्रकरणबाटै रविसँग नजिक भएका जिसीकै सल्लाहमा रिमाल मानवश्रोत शाखामा गएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालको नातेदार हुँ भन्ने जयश्वर सहित लामिछाने गृहमन्त्री भएको बेला प्रहरीमा गठित कोर समूहका कमाण्डर थिए, तत्कालीन अतिरिक्त एआइजी श्यामलाल ज्ञवाली । अपराध अनुसन्धानका एसपी अंगुर जिसीसँगै सिआइबीका एकजना एसपी, डिएसपी दिपेश बस्याल रविको कोर समूहभित्र थिए । उनै एसपी सिआइबी प्रमुख दिपक थापाको प्रिय पात्र बनेका छन् । जनआस्थाबाट