काठमाडौ । नेप्सेमा हरियाली देखिएको छ । अघिल्लो दिन ४४ अंकले बढेको नेप्से आज मंगलबार पुन एक सय १४ दशमलव ७० अंकले बढेर २६ सय २३ दशमलव ५६ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि १९ दशमलव ४६ अंकले बढेर चार सय ७० दशमलव ८१ अंकमा चढेको छ । तीन सय सात वटा कम्पनीहरुको ९६ हजार नौं सय छ पटकको कारोबारमा एक करोड ७५ लाख सात हजार पाँच सय ५५ कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम सात अर्ब ६१ करोड ६५ लाख २२ हजार दुई सय ५८ रुपैंयाँ कायम भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहहरुको सुचक बढेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ५५ दशमलव २६ अंकले बढेर १४ सय ९९ दशमलव ८५ अंकमा ५१ अंकले बढेर तीन हजार एक सय एक दशमलव ५३ अंकमा पुगेकोमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि एक सय ७९ दशमलव १६ अंकले बढेर तीन हजार एक सय ७२ दशमलव ४४ अंकमा चढेको छ। जीवन बीमा समुहको सुचक पनि पाँच सय ११ दशमलव ७९ अंकले बढेर १२ हजार नौं सय १४ दशमलव ५७ अंकमा चढेकोमा निर्जीवन बीमा समुहको सुचक पनि तीन सय ९१ दशमलव ६५ अंकले बढेर १३ हजार ५८ दशमलव ८२ अंकमा चढेको छ। यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन्।
नेप्सेमा आज बुटवल पावर कम्पनीले सबैभन्दा बढी कमाउँदा एनएमबी ५० ले सबैभन्दा बढी गुमाएको छ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको भने आज सबै भन्दा बढी रकम कारोबार भएको छ।