बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

च्यासलमा बाढीले असर गरेपछि होटल बसेरामा एमाले सचिवालय बैठक

मंगलबार, असोज १५ २०८१

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

अनामनगरस्थित होटल बसेरामा एमाले सचिवालय बैठक बसेको हो । एमाले मूख्यालय रहेका च्यासलमा बाढी पहिरोले असर पुर्याएपछि बैठक बसेरामा बसेको हो ।

यसअघि पनि च्यासलमा पानी पस्दा एमालेले बसेरामै बैठक गर्दै आएको छ ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट स्वदेश फर्किएलगत्तै एमालेले सचिवालय बैठक बोलाएको हो।

बैठकमा देशभर बाढीपहिरोले गरेको क्षति, उद्धार र राहतका सम्बन्धमा छलफल हुने छ ।