बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

तारकेश्वर नगरपालिकाका अमिन घुससहित पक्राउ

मंगलबार, असोज १५ २०८१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंबो तारकेश्वर नगरपालिकामा कार्यरत अमिन ईश्वरचन्द्र चौलागाईं पक्राउ गरेको छ ।

जग्गा कित्ताकाट गर्न सिफारिस गर्ने प्रयोजनका लागि घुस लिएको आरोपमा उनलाई सोमबार साँझ पक्राउ गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

उनका अनुसार नगरपालिकामा करारमा कार्यरत अमिन चौलागाईंलाई सेवाग्राहीबाट लिएको २० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको हो ।​

आयोगको टोलीले उनको साथबाट स्रोत नखुलेको थप ३४ हजार रुपैयाँसमेत बरामद गरेको छ ।