बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

बार अध्यक्ष घिमिरेविरुद्ध अवहेलना मुद्दा दर्ता

सोमबार, असोज १४ २०८१

काठमाडौं – नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालत प्रशासनकै प्रतिवेदनका आधारमा मुद्दा दायर भएको हो ।

प्रधानन्यायाधीशले लेनदेनका आधारमा सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गरेको भनेर घिमिरेले दिएको अभिव्यक्तिमा मुद्दा दायर भएको हो । प्रधानन्यायाधीश अध्यक्ष रहने न्याय परिषद्ले केही दिनअघि सर्वोच्च अदालतमा दुई जना न्यायाधीश नियुक्तीका लागि सिफारिस गरेको थियो ।

आफूविरुद्ध मुद्धा दायर हुने चाल पाएपछि बार अध्यक्ष घिमिरेले न्यायपालिका भ्रष्टचार व्याप्त रहेको भन्ने विभिन्न प्रतिवेदनले देखाएको भन्दै अभिव्यक्तीको बचाउ गरेका थिए ।