बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

प्रधानमन्त्री ओली स्वदेश फर्केलगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने

सोमबार, असोज १४ २०८१

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली आज अपराह्न नेपाल आईपुग्दैछन्। आइतबार साँझ उनी संयुक्त राज्य अमेरिकाको बोस्टनबाट कतारका लागि प्रस्थान गरेका थिए ।

कतारबाट आज उनी आज अपराह्न ४ बजे काठमाडौं आइपुग्ने बताइएको छ । प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ४ गते न्युयोर्क प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री ओली स्वदेश फर्केलगत्तै प्राकृतिक प्रकोपबाट उत्पन्न विपत्तिको समाना गर्न रणनीति बनाउन मन्त्रिपरिषद्को बैठक आह्वान गरिएको छ ।

विगत दुई दिनसम्मको अविरल वर्षका कारण उत्पन्न प्राकृतिक विपत्तिमा ज्यान गुमाएका परिवार, घाइते र विस्थापितहरुलाई राहत तथा पुनर्स्थापनाको विषयमा छलफल गर्न बेलुका ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको छ ।