शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

पहिलो दिन नैं नेप्से राताम्मै

२२ अंकले घट्दा चार अर्बको कारोबार

आइतबार, असोज १३ २०८१

काठमाडौं । साताको पहिलो दिन नैं नेप्से घटेर राताम्मै भएको छ । आज आईतबार नेप्से २२ दशमलव ३६ अंकले २४ सय ६४ दशमलव ४० अंकमा पुगेको छ भने सेन्सिटिभ दुई दशमलव ५६ अंकले घटेर चार सय ४४ दशमलव ८९ अंकमा पुगेको छ । तीन सय २७ वटा कम्पनीहरुको ५८ हजार चार सय एक पटकको कारोबारमा एक करोड तीन लाख ११ हजार आठ सय ८५ कित्ता शेयर किनबेच भएकोमा कुल कारोबार रकम चार अर्ब पाँच करोड छ लाख ५८ हजार ३६ रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा उत्पादनमुलक समुहको सुचक ६९ दशमलव २० अंकले बढेपनि बाँकी समुहहरुको सुचक घटेका छन् । सो मध्ये बाँण्ज्यि बैंक समुहको सुचक १० दशमलव ६७ अंंकले घटेर १४ सय २७ दशमलव ६९ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ७१ दश्मलव ४९ अंकले घटेर २९ सय ५७ दशमलव शुन्य चार अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ३९ अंकले घटेर १२ हजार एक सय ८५ दशमलव ५८ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि २० दशमलव १४ अंकले घटेर १२ हजार पाँच सय ७७ दशमलव शुन्य चार अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन्।

नेप्सेमा आज वीन लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाएको छ भने अपर स्याङगे हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।