काठमाडौं । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन विश्वविद्यालयले कृषि र पशु चिकित्सा विज्ञानको प्रवेश परीक्षा स्थगित गरेको छ ।
वर्षाका कारण ठाउँ ठाउँमा डुबान भएपछि विद्यार्थीलाई आउन असहज हुने हुँदा शनिबार हुन लागेको परीक्षा स्थगित गरिएको कृषि, पशु विज्ञान अध्ययन संस्थानका निमित्त डीन एवं भर्ना समितिका संयोजक डा. किशोरचन्द्र दाहालले जानकारी दिए ।
रोकिएको परीक्षा कहिले सञ्चालन गर्ने भन्नेबारे निर्णय गर्न बैठक बसिरहेको छ । कृषि विज्ञानको प्रवेश परीक्षा नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने भनिएको थियो ।
