बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

ललितपुर नखिपोटमा गुहार माग्दामाग्दै बगे चार जना  

शनिबार, असोज १२ २०८१

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीले ललितपुर महानगरपालिका नखिपोट कोलोनी क्षेत्रमा नख्खु खोलाले बगाउँदा चार जना व्यक्ति बेपत्ता भएका छन् ।

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेपत्ता हुनेमा नाम र वतन नखुलेका दुई पुरुष, एक महिला र एक बालक रहेका छन् ।

प्रहरीले उद्धारको लागि डोरी दिएर प्रयास गरेपनि बगाएको छ । त्यही क्रममा उक्त घर नै ढलेपछि उनीहरु खोलामा परेर बेपत्ता छन् ।

उक्त घटना केहीबेरअघि भएको प्रहरी बलले जनाएको छ । जस्ताको घरमा बसेका उनीहरुलाई खोलाले चारैतिरबाट घेरेको थियो । हेलिकप्टरबाट उद्दार गरिएको भए उनीहरुलाई सकुशल उद्दार गर्न सकिने स्थानीयले बताएका छन् ।