धादिङ । निरन्तर वर्षाका कारण सडक माथिबाट पहिरो खस्दा धादिङबेसी मलेखु सडकखण्ड अबरुद्ध भएको छ ।
आज बिहान नीलकण्ठ नगरपालिका वडा नम्बर ८ दारेगौडा र साघुटारमा ढुंगामाटो र रुखसहित ठूलो पहिरो खस्दा उक्त सडक खण्ड अबरुद्ध भएको हो ।
पहिरोले ढुंगा र रुखहरु खसेकोले तत्काल बाटो खुलाउन कठिन रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक प्रल्हाद सिलवालले जानकारी दिनुभयो । पहिरो खसेको दुबै ठाउँमा साँघुरो र घुम्ती भएकोले जोखिम अत्याधिक छ।
जिल्ला सदरमुकाम धादिङबेसीलाई पृथ्वीराजमार्गसंग जोड्ने धादिङबेसी मलेखु सडकअवरुद्ध हुँदा सवारीसाधन बाटोमै रोकिएका छन्