बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

मुग्लिङ–काठमाडौं सडक खण्डमा एक दर्जन बढी स्थानमा पहिरो

शुक्रबार, असोज ११ २०८१

काठमाडौँ – विहीबारदेखि परेको बर्षाका कारण मुग्लिङ–काठमाडौँ सडक खण्डमा एक दर्जन भन्दा बढी स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

यस सडक खण्डमा कोइराले, ८ किलो, नागढुङ्गा, सुरुङमार्ग लगायतका लगायसका ठाउमा खसेको पहिरोका कारण यातायात अवरुद्ध रहेको छ ।

प्रहरीले पहिरो पन्छाएर सडक सुचारु गर्ने प्रयास जारी रहेको बताएको छ । बर्षा नरोकिएकाले अत्यावश्यक बाहेक यात्रा नगर्न समेत प्रहरीले आग्रह गरेको छ ।