शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

अभिनेत्री सुरक्षा पन्त ‘जेरी अन टप’मा अनुबन्ध

शुक्रबार, असोज ११ २०८१

काठमाडौं । चलचित्र ‘जेरी अन टप’मा अभिनेत्री सुरक्षा पन्तलाई अनुबन्ध गरिएको छ ।
यसै साताबाट फ्लोरमा जान लागेको यो चलचित्रमा अभिनेत्री पन्त र निर्माण कम्पनी अनन्या फिल्मस्बीच सम्झौता भएको हो ।

निर्माता सरोज न्यौपानेले फिल्ममा पन्त अनुबन्ध भएको पुष्टि गरेका छन् । ‘महत्वपूर्ण भूमिकाका लागि सुरक्षा जी ‘जेरी अन टप’मा अनुबन्ध हुनुभएको छ, निर्माता न्यौपानेले भने, ‘उहाँको प्रवेशसँगै फिल्मको कास्टिङ लाइनअप थप मजबुद भएको छ ।’ न्यौपानेले अझै अन्य स्टारकास्ट पनि चलचित्रसँग जोडिएको भन्दै त्यो सरप्राइज फ्लोरमा जाँदासम्म खुल्दै जाने बताए ।

सुयोग गुरुङको निर्देशनमा बन्न लागेको यो चलचित्रको प्रमुख कलाकारमा स्टार अभिनेता अनमोल केसी, अभिनेत्री आँचल शर्मा र जसिता गुरुङ यसअघि नै अनुबन्ध भइसकेका छन् ।

चलचित्रलाई काठमाडौं, लुक्ला र भारतको लद्धाकलगायत स्थानमा छयांकन गरिने बताइएको छ ।