दुई वटा समुहले कमाउँदा ११ वटा समुहले गुमाए
काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज बिहिबार ३२ दशमलव ८१ अंकले घटेर २४ सय ८६ दशमलव ७६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ३४ अंकले ओरालो लागेर चार सय ४७ दशमलव ४५ अंकमा पुगेको छ । तीन सय ३२ वटा कम्पनीहरुको ६५ हजार दुई सय ५८ पटकको कारोबारमा एक करोड ३६ लाख ९१ हजार पाँच सय ९६ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कारोबार रकम चार अर्ब ८४ करोड १४ लाख सात हजार सात सय २० रुपैंयाँ पुगेको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा उत्पादनमुलक र व्यापार समुहको सुचक बढेको छ । यि बाहेक बाँणिज्य बैंक समुहको सुचक १६ दशमलव ७७ अंकले घटेर १४ सय ३८ दशमलव ३६ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि ७१ दशमलव ३३ अंकले घटेर तीन हजार २८ दशमलव ५३ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय १५ दशमलव २१ अंकले घटेर १२ हजार दुई सय २४ दशमलव ५८ अंकमा पुग्दा निर्जीवन बीमा समुहको सुचक पनि एक सय एक दशमलव २६ अंकले घटेर १२ हजार पाँच सय ९२ दशमलव २१ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि उच्च अंकले घटेका छन्।
नेप्सेमा आज वीन लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाएको छ भने ग्रिन भेञ्चर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । अपी पावर कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।