शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

जिम्मेवारी आउँदा देश सफलतापूर्वक हाँक्छु: सभापति देउवा

बुधबार, असोज ९ २०८१

पर्सा । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश हाँक्ने जिम्मेवारी फेरि कांग्रेसको काँधमा आए आफूले सफलतापूर्वक निर्वाह गर्ने बताएका छन् ।

आज (बुधबार) वीरगञ्जमा आयोजित कार्यक्रममा उनले विगतमा सफलतापूर्वक जिम्मेवारी निर्वाह गरेको र आउने दिनमा पनि त्यो अवसर कांग्रेस र आफ्नो काँधमा आए पछि नहट्ने बताए । उसो त वर्तमान एमाले–कांग्रेस गठबन्धनमा पनि सरकार आलोपालो चलाउने समझदारी छ । दुई ठूला दलबीच भएको सात बुँदे समझदारीमै वर्तान प्रधानमन्त्री केपी शर्मा ओलीपछि सभापति देउवा प्रधानमन्त्री हुने सहमति छ । जसका लागि देउवाले अझै दुई वर्ष जति पर्खिनु पर्ने हुन्छ ।

सभापति देउवाले आर्थिक र राजनीतिक दृष्टिकोणले पर्सा जिल्ला ऐतिहासिक जिल्ला रहेको बताए । पर्सा जिल्ला देशकै महत्वपूर्ण जिल्ला भएको भन्दै उनले राणा र पञ्चायतविरुद्ध कांग्रेसले गरेको सशस्त्र संघर्ष पर्साको वीरगञ्जबाटै सुरु भएको स्मरण गरे । ‘देशको अर्थतन्त्र धान्नेमा पनि पर्साकै योगदान छ । विगतमा राणा र पञ्चायतविरुद्ध कांग्रेसले गरेको सशस्त्र संघर्षको बिगुल पनि पर्साकै वीरगञ्जबाटै फुकिएको थियो,’ उनले भने ।

त्यस्तैसं घीय मामिला तथा कानुन मन्त्री अजय चौरसियाले नेपालबाट कुनै पनि शक्तिले कांग्रेस पार्टीलाई सिध्याउन नसक्ने दावी गरे । कांग्रेस र लोकतन्त्रमाथि पटक–पटक आक्रमण भएको भन्दै उनले भने, ‘कांग्रेस शहीदहरूको शहादत र आन्दोलनको जगबाट बनेको पार्टी हो । त्यसैले कसैले पनि सिध्याउन सक्दैन । कांग्रेसमाथि जतिपटक आक्रमण हुन्छ, त्यति नै बलियो र सशक्त भएर जान्छ ।’