बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

सोमबारको दिन बाबा महाकालको पूजा

सोमबार, असोज ७ २०८१

काठमाडौं । हिन्दु धर्म ग्रन्थमा सोमबारको विशेष महत्व रहेको छ । यो दिन भगवान शिवलाई समर्पित गरिएको छ। भगवान शिवलाई प्रसन्न पार्न अधिकांश महिला तथा युवतीहरूले सोमवार व्रत मनाउने र कामना गर्ने गर्छन् ।

सोमबारको दिन बाबा महाकालको पूजा गरी व्रत राखेमा भक्तजनलाई मनोकांक्षा प्राप्त हुने जनविश्वास रहेको छ ।

तसर्थ, हामी तपाईलाई भगवान शंकरको पूजा गर्ने केही उपाय बताइरहेका छौँ, जसलाई आज अर्थात सोमबार गरेमा तपाईको मनोकामना पूरा हुनेछ ।
शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ। तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ।

सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझै पनि छ।