शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

दोहोरो अंकले बढ्यो नेप्से

पाँच वटा समुहले गुमाउँदा आठ वटा समुहले कमाए

आइतबार, असोज ६ २०८१

काठमाडौं । नेप्से दोहोरो अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से ११ दशमलव ५८ अंकले बढेर २५ सय ८८ दशमलव ३५ अंकमाा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स तीन दशमलव ५० अंकले बढेर चार सय ६३ दशमलव ४३ अंकमा चढेको छ । तीन सय २५ वटा कम्पनीहरुको ७२ हजार नौं सय ५७ पटकको कारोबारमा एक करोड २४ लाख ८५ हजार सात सय ३१ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम पाँच अर्ब नौं करोड २९ लाख ४८ हजार छ सय ९० रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समृुहहरुको शेयर कारोबार भएको मध्ये पाँच वटा समुहको सुचक घटेपनि आठ वटा समुहको सुचक भने बढेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १४ दशमलव ९१ अंकले बढेर १४ सय ७७ दशमलव ३३ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि ३० दशमलव ७४ अंकले बढेर १२ हजार पाँच सय ५४ दशमलव ९२ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि ६२ दशमलव शुन्य छ अंकले बढेर १३ हजार १२ दशमलव ६९ अंकमा पुगेकोमा बिकास बैंक, जलबिद्युत, लगानी, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् । फाईनान्स, लघुवित्त, होटल तथा पर्यटन, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक भने आज घटेका छन्।

नेप्सेमा आज इस्र्टन हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी कमाउँदा रावा इर्नर्जी डेभलपमेन्ट लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।