बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता

आइतबार, असोज ६ २०८१

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच स्थानीय समयअनुसार शनिबार साँझ राष्ट्रसङ्घ भवनमा भेटवार्ता भएको हो ।

महासचिव कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार महासचिव गुटेरेसले नेपालले शान्ति सेनामा गरेको योगदानको तारिफ गरेका छन् । गुटेरेससँगको भेटमा प्रधानमन्त्रीले जलवायु, हिमाल र सङ्क्रमणकालीन न्यायको मुद्दामा छलफल भएको  बताइएकाे छ ।