शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

दीपेन्द्रको ‘पर्खाई’ सार्वजनिक (भिडियोसहित)

सोमबार, भाद्र ३१ २०८१

काठमाडौं । कलाकार दीपेन्द्र सोनामको आफ्नै शब्द सङ्गीत र स्वर रहेको गीत ‘पर्खाई’ सार्वजनीक भएको छ । आशिष लामाको सङ्गीत संयोजन र नरेश विसीको मिक्सिङरमास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

 

गीतलाई ए प्लस स्टुडियोमा रेकर्ड गरिएको हो । आर्थिक समस्याको कारणले, श्रीमतीले आफ्नो श्रीमान् र बच्चालाई छोडेर बिदेशिनुको पिडा र बिदेशिएकि श्रीमती बर्षौं हुँदा पनि नफर्किंदा श्रीमान् र बच्चालाई कति सम्मको पिडा हुँदो रहेछ भन्ने गीतको भिडियोमा देखाउन खोजिएको छ । पाना आर्टसले बजारमा ल्याएको भिडियो लाई भवसागर युट्युब च्यानलमामार्फ सार्वजनिक गरिएको हो ।

भिडियोमा उम्दा कलाकार जीवन भट्टराईको निर्देशन, लोकप्रिय कलाकार लक्ष्मी बर्देवाको कन्सेप्ट स्टोरी, उत्सव दाहाल टीमको छायांकन, बिष्णु खड्काको सम्पादन छ । भिडियोमा दीपेन्द्रसँगै रिस्ता अधिकारी, नरेश लामिछाने र बालकलाकार आरुभ सोनामको मार्मिक अभिनय छ ।

Parkhai – Deependra Sonam • Ft. Rista Adhikari Deependra Sonam Naresh, Aaruv • New Nepali Song 2024 (youtube.com)