बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

संवैधानिक परिषद्को बैठक बस्दै

सोमबार, भाद्र ३१ २०८१

काठमाडौं ।आज साँझ संवैधानिक परिषद्को बैठक बस्दै छ ।

गत २८ गतेको बैठक कुनै निर्णय नगरी सकिएपछि आज पुनः बैठक बस्न लागेको हो ।

बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानन्यायाधीश सिफारिसका विषयलगायत छलफल हुने छ । शुक्रबार बसेको बैठक प्रधानन्यायाधीश सिफारिसबारे छलफल भए पनि  निष्कर्षमा पुग्न सकेको थिएन।