शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्से राताम्मै, ५० अंकले घट्दा १० अर्ब ३३ करोडको कारोबार

आइतबार, भाद्र ३० २०८१

काठमाडौं । नेप्से घटेर राताम्मै भएको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से ५० दशमलव ७३ अंकले घटेर २६ सय ३७ दशमलव ७९ अंकमा झरेको छ भने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ८१ अंकले घटेर चार सय ६८ दशमलव ६५ अंकमा झरेको छ । तीन सय २४ वटा कम्पनीहरुको एक लाख १९ हजार सात सय ३९ पटकको कारोबारमा दुई करोड ४८ लाख ४६ हजार सात सय ८२ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार नौं सय ५७ रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये सबै समुहहरुको सुचक घटेर नेप्से राताम्मै भएकोछ । जसमध्ये आज बाँणिज्य बैंक समुहको सुचक १३ दशमलव ८८ अंकले घटेर १४ सय ७४ दशमलव ८१ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ४९ दशमलव २५ अंकले घटेर तीन हजार दुई सय ७१ दशमलव शुन्य सात अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि तीन सय ६१ दशमलव २० अंकले घटेर १२ हजार आठ सय आठ दशमलव ७९ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि दुईु सय ९१ दशमलव ८३ अंकले घटेर १३ हजार एक सय ८२ दशमलव ६० अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक उच्च अंकले घटेका छन्।

नेप्सेमा आज रिभर फल्स पावर लिमिटेडले सबैभन्दा बढी कमाएको छ भने थ्रि स्टार हाईड्रोेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।