बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

साना डिजिटल कारोबार गर्दा नि:शुल्क गर्नेबारे छलफल गर्दैछु : प्रधानमन्त्री

आइतबार, भाद्र ३० २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल कारोबार निःशुल्क गर्ने विषयमा छलफल गर्ने बताएका छन् ।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत् उनले यस्तो जानकारी दिएका हुन् ।

ओलीले हिजोआज फेसबुकमा मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे सुझाव आइरहेकाले त्यसको विषयमा छलफल गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘साना डिजिटल कारोबार गर्दा निशुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दैछु । तपाईंहरुका समस्या सरकारलाई यसरी नै जानकारी गराउनु होला । हामीलाई सधैं झकझक्याउनुहोस् । सरकारले त्यसतर्फ काम गर्दै जाने छ।’