काठमाडौं । नेपाल इन्भेष्टमेण्टमेगा बैंक लिमिटेडले मोरङको कञ्चनबारीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नं. ०४ मा बिहीबारदेखि कञ्चनबारी शाखा संचालनमा ल्याएकोे हो । यो शाखा सहित बैंकको शाखा संख्या २७३ पुगेको छ । नयाँ शाखाबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ।
बैंकका कोशी प्रदेश प्रमुख यशपाल कुमार तिब्रेवालले नयाँ शाखाको उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा प्रदेश प्रमुखले नयाँ शाखाबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए।
हाल बैंकको २७३ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटीएम रहेको छ।