काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दोसल्ला ओढाएर जन्म दिनको शुभकामना दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल चलिरहेका बेला उनले देउवालाई जन्म दिनको शुभकामना दिएका हुन् ।
देउवालाई प्रधानमन्त्री ओलीले दोसल्ला ओढाएर शुभकामना दिएका थिए ।
‘आज पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाको जन्मदिन परेको छ। प्रमुख तीन दलका नेताहरूसँग समसामयिक राजनीतिक विषयमा कुरा पनि भयो,’ देउवालाई शुभकामना दिएको तस्वीर फेसबुकमा राख्दै ओलीले लेखेका छन्,’ आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो । सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी !!’
ओलीले बालुवाटारमा देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए ।
भेटवार्तामा संवैधानिक परिषद्को बैठकका लागि परामर्श र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।