बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

पूजाको प्रसाद खाँदा झापामा ५९ जना बिरामी

बिहिबार, भाद्र २७ २०८१

झापा । पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारा नगरपालिकाको एउटा गाउँका ५९ जना बिरामी परेका छन् । स्थानीय रीता निरौलाको घरमा लगाइए पूजाको प्रसाद खाँदा अर्जुनधारा नगरपालिका-९ को खरबन्दी गाउँका धेरैजसो मानिस बिरामी परेका हुन् ।

अर्जुनधारा नगरपालिका– ९ को खरबन्दी की निरौलाको घरमा बुधवार पूजा लगाइएको थियो । पूजामा गएर प्रसाद खाने ६० भन्दा जना भन्दा बिरामी भएको वडाध्यक्ष भीष्म मिश्रले बताए । पूजामा गएकाहरूले सब्जी र रोटी अचार खाएका थिए ।

पूजामा सेलरोटी र अचार खाएपछि उनीहरू बिरामी परेको भनिएको छ । फुड पोइजनका कारण उनीहरू बिरामी भएको हुनसक्ने उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

बिरामीहरूको उपचार भइरहेको छ । जसमध्ये ५२ जना डिस्चार्ज भइसकेका छन् भने अन्यको स्वास्थ्य अवस्था ठिकै छ ।